सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि

मङ्गलबार, ०५ जेठ २०८३, ०८ : ००
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ ।
  • संसदीय सुनुवाइ समितिको बैठकमा डा. शर्माको उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची छ ।
  • समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्दा १६ वटा उजुरी परेका छन् ।

काठमाडौँ । प्रस्तावित  प्रधानन्यायाधीश डा मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ । आज बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा शर्मामाथि सुनुवाइ हुने भएको हो । 

बैठकमा डा शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । 

संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको समितिकी उपसचिव साबित्रा शर्माले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप