किष्ट कलेज : तीन दशकको शैक्षिक विरासत र उत्कृष्टताको पर्याय
सारांश
- किष्ट कलेजले २०५२ सालमा स्थापना भएदेखि विगत ३० वर्षदेखि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा प्रदान गर्दै आएको छ।
- कलेजले माध्यमिक तहदेखि उच्च शिक्षासम्म विज्ञान, व्यवस्थापन, बीबीए, बीआईटीएम, बीआईटी, बीबीएस, बीएससी माइक्रोबायोलोजी, एमबीएस, एमआईटी र एमएससी माइक्रोबायोलोजी जस्ता कार्यक्रमहरू सञ्चालन गर्दछ।
- आधुनिक पूर्वाधार, प्रयोगात्मक शिक्षा, व्यक्तित्व विकास, वृत्ति परामर्श, समावेशी छात्रवृत्ति र भविष्यको लक्ष्यमा जोड दिँदै कलेजले सक्षम जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गरेको छ।
काठमाडौँ । शिक्षालाई केवल साक्षरताको माध्यम मात्र नभई सर्वाङ्गीण मानव विकास र संस्कार शुद्धीकरणको ज्योति मान्ने शैक्षिक संस्थाहरूमध्ये एक हो, काठमाडौँको कमलपोखरीस्थित किष्ट कलेज ।
जसले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। वि.सं. २०५२ मा स्थापना भएको यस कलेजले विगत ३० वर्षदेखि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका माध्यमबाट मुलुकको शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
किष्ट कलेज विद्यार्थीका लागि माध्यमिक तहदेखि उच्च शिक्षासम्मको एक पूर्ण 'एकेडेमिक हब' बनेको छ। यहाँ कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको छ। त्यति मात्र होइन, उच्च शिक्षातर्फ स्नातक तहमा बीबीए, बीआईटीएम, बीआईटी, बीबीएस र बीएससी माइक्रोबायोलोजी तथा स्नातकोत्तरतर्फ एमबीएस, एमआईटी र एमएससी माइक्रोबायोलोजीका कार्यक्रमहरू सञ्चालनमा छन्।
प्लस टु पछि उच्च शिक्षाका लागि कलेज परिवर्तन गरिरहनु नपर्ने र एउटै वातावरणमा निरन्तरता दिन पाउनु यहाँको प्रमुख विशेषता हो।
उत्कृष्ट नतिजा र व्यवस्थित सिकाइ प्रणाली
करिब १६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यस कलेजको सफलताको मुख्य आधार यसको नतिजा हो। गत वर्षको परीक्षामा यहाँका ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले कलेजको प्राज्ञिक स्तरलाई थप पुष्टि गर्दछ। कलेजले एक निश्चित 'शैक्षिक क्यालेन्डर' पछ्याउने गर्दछ, जसले गर्दा भर्ना, परीक्षा र नतिजाको समय तालिकाबारे विद्यार्थी र अभिभावक सधैँ प्रष्ट हुन्छन्।

यहाँको 'एसेसमेन्ट' प्रणालीले विद्यार्थीलाई आफ्नो कमजोरी सुधार्न र अन्तिम परीक्षाका लागि पूर्ण रूपमा तयार रहन मद्दत पुर्याउँछ।
आधुनिक पूर्वाधार र प्रयोगात्मक शिक्षा
किष्ट कलेजले पुस्तकीय ज्ञानमा मात्र सीमित नभई व्यावहारिक शिक्षणमा जोड दिँदै आएको छ। कलेजमा रहेका अत्याधुनिक ई–लाइब्रेरी, कम्प्युटर ल्याब, आईटी ल्याब र विज्ञानका प्रयोगशालाहरू काठमाडौँकै उत्कृष्टमध्येमा पर्छन्। विद्यार्थीहरूले यहाँ सैद्धान्तिक ज्ञानलाई प्रयोगशालामा परीक्षण गर्दै व्यवहारमा उतार्ने अवसर पाउँछन्।
व्यक्तित्व विकास र वृत्ति परामर्श
विद्यार्थीको व्यक्तित्व विकासका लागि कलेजले अतिरिक्त क्रियाकलाप र सह-क्रियाकलापलाई उच्च प्राथमिकता दिएको छ। खेलकुद, कला, संस्कृति र प्रविधिको समायोजनमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइन्छ। साथै, कक्षा १२ का विद्यार्थीहरूलाई भविष्यमा मेडिकल, इन्जिनियरिङ, सूचना प्रविधि र व्यवस्थापन जस्ता क्षेत्रमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने प्रवेश परीक्षाको 'तयारी कक्षा' कलेजले निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ। यसका साथै कलेजको विशाल र बलियो 'अलुम्नाई नेटवर्क' (पूर्व विद्यार्थीहरूको सञ्जाल) नयाँ विद्यार्थीहरूका लागि करियर निर्माणमा ठूलो प्रेरणाको स्रोत बनेको छ।
समावेशी र प्रोत्साहनमूलक छात्रवृत्ति
किष्ट कलेजले आर्थिक अवस्था कमजोर भएका तर जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ। एसईईको जीपीए र कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्कका आधारमा पूर्णदेखि आंशिक छात्रवृत्ति प्रदान गरिन्छ। साथै, काठमाडौँ महानगरपालिकाको मापदण्ड अनुसार १० प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सुविधा समेत यहाँ उपलब्ध छ।
समयको माग र भविष्यको लक्ष्य
समयको गतिशीलतासँगै परिमार्जित हुँदै गएको किष्ट कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ। विज्ञानबाट सुरु भएको आज व्यवस्थापन र प्रविधिको क्षेत्रमा समेत एक परिपक्व र भरपर्दो शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको कलेजको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण