न्यायालयको निकासका लागि समयमै निर्णय लिनु आवश्यक: सभापति श्रेष्ठ
सारांश
- संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।
- उनले न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्नका लागि समयमै निर्णय लिनुपर्नेमा जोड दिए ।
- समितिले योग्यता र क्षमताका आधारमा सिफारिस वा अस्वीकृत गर्ने दुवै विकल्प खुला रहेको उनले स्पष्ट पारे ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताएका छन् । मङ्गलवार बसेको समितिको बैठकमा बोल्दै सभापति श्रेष्ठले न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा जोड दिए ।
बैठकको कार्यतालिका केही अगाडि सारिएको विषयमा स्पष्ट पार्दै उनले यसलाई हतारोका रूपमा बुझ्न नहुने उल्लेख गरे । सदस्यहरूले अध्ययनका लागि समय अभाव भएको भनी उठाएको जिज्ञासामा सभापति श्रेष्ठले उजुरीकर्ताहरूसँगको छलफलले विषयवस्तुलाई थप प्रस्ट पार्ने बताए ।
उनले उजुरीकर्ताहरूको भनाइ सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सोधिने प्रश्नहरू तयार गर्न र विषयको गहिराइमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । प्रस्तावित प्रधानन्यायाधीशले प्रस्तुत गर्ने कार्ययोजनामाथि पर्याप्त छलफल र प्रश्नोत्तर गरिने उनको भनाइ छ । सुनुवाइको नतिजाका सम्बन्धमा चर्चा गर्दै सभापति श्रेष्ठले समितिले योग्यता र क्षमताका आधारमा सिफारिस गर्ने वा अस्वीकृत गर्ने दुवै विकल्प खुला रहेको प्रस्ट पारे ।
सर्वोच्च अदालत लामो समयदेखि नेतृत्वविहीन रहेको र आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गर्दै उनले ढिलाइ गर्दा समस्या थप जटिल बन्न सक्नेप्रति सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण