सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाद्वारा ल्होत्से हिमालको सफल आरोहण
सारांश
- सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् ।
- यस आरोहणसँगै उनी ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालको तर्फबाट पहिलो सशस्त्र प्रहरी बन्न सफल भएकी छन् ।
- सशस्त्र प्रहरी बल, नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् । विश्वकै चौथो अग्लो हिमाल लोत्सेको आरोहणसँगै उनी सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल भएकी छन् ।
सहायक निरीक्षक शेर्पाले लोत्से हिमालको आरोहण १८ मे दिउँसो ३ बजेर २५ मिनेटमा गरेकी हुन् । यस उपलब्धिले सशस्त्र प्रहरी बल, नेपालको उच्च पहाडी तथा हिमाली उद्धार क्षमतासँगै महिलाहरूको सक्रिय सहभागिता र साहसिक योगदानलाई नयाँ उचाइमा पुर्याएको सह–प्रवक्ता शैलेन्द्र थापा बताउँछन् ।
सशस्त्र प्रहरी बल, नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको छ । निम डिक्की शेर्पाको यो ऐतिहासिक आरोहणले उत्तरी सीमा सुरक्षा तथा पर्वतीय उद्धार क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
यसअघि उनले १७ मे बिहान ११ बजेर ५५ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरिसकेकी छन् । उनीसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले १७ मे मा नै सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण