बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

विवाह गर्ने उमेर १८ वर्षमा झार्नुपर्ने कर्णालीका सांसदको माग

मङ्गलबार, ०५ जेठ २०८३, १० : ४८
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • कर्णालीका सांसद हिक्मत विष्टले विवाह गर्ने उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्नुपर्ने माग गरेका छन्।
  • उनले वीरेन्द्रनगरमा आयोजित मानवअधिकार आयोगको कार्यक्रममा यस्तो प्रस्ताव राखेका हुन्।
  • बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावबारे कार्यक्रममा छलफल भएको थियो।

सुर्खेत। कर्णालीका एक जना सांसदले विवाह गर्ने उमेर १८ वर्षमा झार्नु पर्ने माग गरेका छन्।

नेपाली कांग्रेसका सांसद तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले यस्तो माग गरेका हुन्।

मंगलबार वीरेन्द्रनगरमा आयोजित मानवअधिकार आयोगको 'बाल विवाहले मानव अधिकार उपयोगमा पार्ने प्रभाव सम्बन्धमा' विषयक कार्यक्रममा उनले भने, 'खास बिहे गर्ने उमेर २० वर्षबाट घटाएर १८ वर्षमा राख्न उपयुक्त हुन्छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप