प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी, लगातार दोस्रो दिन देखायो प्लेकार्ड
मङ्गलबार, ०५ जेठ २०८३, ११ : ४४
सारांश
- प्रतिनिधि सभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।
- सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
- यसअघि सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो ।
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।
बैठक सुरु भएलगत्तै सो पार्टीका अध्यक्ष हर्कराज राईले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
_jvOG6yhiIT.jpg)
संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।
_6qLwshjXCP.jpg)
उक्त दलले सोमबारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।
_VwJ0qKMYlv.jpg)
_1Uvy5g6Oc1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण