चीनका दक्षिण र मध्य भागमा भीषण बाढी, कम्तीमा १० जनाको मृत्यु
बेइजिङ । चीनको दक्षिणी र मध्य भागमा परेको भीषण वर्षा र त्यसले निम्त्याएको बाढी तथा पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।
चीनको मौसम विभागले मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीको लागि “ओरेन्ज अलर्ट” कायम राखेको छ । विभागका अनुसार वर्षा प्रणाली अहिले आफ्नो सबैभन्दा शक्तिशाली र विनाशकारी चरणमा पुगेको छ, जसले हजार किलोमिटरभन्दा बढी क्षेत्रमा असर पारेको छ ।
बाढीको चपेटामा विशेषगरी हुबेई, हुनान, गुवाङ्सी, चोङकिन, गुइचाउ परेका छन् । चीनको राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले यी क्षेत्रहरूमा आपतकालीन प्रतिक्रिया स्तर चौथों लागू गरेको छ, जुन बाढी आपतकालीन अवस्थाको प्रारम्भिक राष्ट्रिय स्तर हो ।
सरकारी सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजनका अनुसार १५ जना सवार पिकअप ट्रक बाढीले उर्लिएको नदीमा खस्दा गुवाङ्सीमा ६ जनाको मृत्यु भएको छ । हुबेईमा अचानक आएको बाढीले ३ जनाको ज्यान लिएको छ भने हुनानमा थप १ जनाको मृत्यु भएको छ । बाढीका कारण धेरै शहरहरूमा विद्यालय, व्यवसाय र यातायात सेवा बन्द गरिएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
हुबेईमा मात्र ४८ घण्टामा ३३७ वटा नगररगाउँमा १०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ, जुन ऐतिहासिक रेकर्ड तोड्ने स्तर मानिएको छ । सोसियल मिडिया प्लेटफर्म दोउयिनमा शेयर गरिएका भिडियोहरूमा केही स्थानहरूमा सडक नै पानीले भरिएको, कारहरू डुबेको र मानिसहरू पानीमा हिँडिरहेको दृश्य देखिएको छ ।
मौसमविद्हरूका अनुसार बङ्गालको खाडी, दक्षिण चीन सागर र प्रशान्त महासागरबाट आएको आद्र्रता एकैसाथ मिसिँदा यो ठूलो वर्षा प्रणाली बनेको हो । राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार आगामी दुई दिनमा वर्षा पूर्व र दक्षिणतर्फ सर्नेछ र याङ्त्जे नदी आसपास अझै भारी वर्षा हुने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण