गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि
मङ्गलबार, ०५ जेठ २०८३, १८ : ४४
पोखरा । गण्डकी प्रदेशको बर्खे अधिवेशन जेठ ११ गतेदेखि हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गते दिउँसो २ बजेका लागि अधिवेशन डाकेका हुन् ।
हिउँदे अधिवेशन चैत १७ गतेदेखि अन्त्य भएको थियो । संविधानमै एउटा अविधेशन र अर्को अधिवेशनबिचको अन्तर ६ महिनाभन्दा बढी हुन नपाउने उल्लेख छ । आगामी अधिवेशनमा संसद्ले नीति तथा कार्यक्रम, बजेट र केही विधेयकहरू पारित गर्छ।
प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ। त्यसअघि नै बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ । बैठक सुरु भएदेखि नै बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल चलाउने सरकारले तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण