रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषयलाई लक्षित गर्दै आशिका तामाङले दिइन् यस्तो प्रतिक्रिया
बुधबार, ०६ जेठ २०८३, ०७ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै सांसद आशिका तामाङले प्रतिक्रिया दिएकी छिन्।
- सांसद तामाङले महिला स्वदेशी वा विदेशी जस्तोसुकै भए पनि आमा भएको र सत्यताको अनुसन्धान हुनुपर्ने बताएकी छिन्।
- उनले मातृत्वजस्तो संवेदनशील विषयको प्रमाणसहित अनुसन्धान हुनुपर्ने र अन्याय भएमा कसैलाई पनि छुट दिन नहुने धारणा व्यक्त गरेकी छिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै सांसद आशिका तामाङले प्रतिक्रिया दिएकी छिन् ।
सामाजिक सञ्जालमाफृत उनले भनेकी छिन्– 'महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्! देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ!'
उनले थप भनेकी छिन्– 'महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ। पार्टीभन्दा ठुलो देश र देशभन्दा ठुलो यो संसार हो। यहाँ कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण