सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस
सारांश
- सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतहरूलाई एक तह माथिल्लो पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
- गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बढुवा समितिले राजेन्द्र खड्का, सञ्जय भट्टराई, युवराज अर्याल, डा.रोस्सु थापा र छविलाल पाण्डेलाई बढुवा गर्न सिफारिस गरेको हो ।
- बढुवा सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धी अधिकृतहरूले ७ दिनभित्र उजुरी दिन सक्नेछन् ।
काठमाडौँ । सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतहरूलाई एक तह माथिल्लो पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई सशस्त्र प्रहरी नायब महानिरीक्षकमा (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
मङ्गलवार गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बढुवा समितिले खड्का सहितका उच्च अधिकृतहरूलाई एक तह बढुवा गर्न सिफारिस गरेको हो । बढुवा समितिले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा सशस्त्रका एसपी सञ्जय भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको छ ।
मङ्गलवार नै एआईजीमा सिफारिस भएका अञ्जनीकुमार पोखरेलको बढुवा नियुक्ति भएपछि रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।
कानुन समूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याललाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । सो समूहमा यसअघि नै नयाँ दरबन्दी स्वीकृत भए पनि बढुवा सिफारिस हुन सकेको थिएन ।
स्वास्थ्य समूहतर्फ प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.रोस्सु थापालाई सोही समूहको एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
कानुनतर्फ एसपी छविलाल पाण्डेलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धी अधिकृतहरूले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ अनुसार ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण