मलेसियामाथि नेपालको सङ्घर्षपूर्ण जित
सारांश
- नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई २ विकेटले पराजित गरेको छ ।
- मलेसियाले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा १५ बल अगावै पार गर्यो ।
- नेपालको जितमा सम्झना खड्काले ३२ रनको योगदान दिइन् भने बलिङतर्फ पूजा महतोले ३ विकेट लिइन् ।
क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोलीले मलेसियाको महिला क्रिकेट टोलीलाई २ विकेटले पराजित गरेको छ ।
बुधबार बिहान बायुमास क्रिकेट ओभल मैदानमा भएको पहिलो टी–२० खेलमा मलेसियाले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा १५ बल अगावै पछ्याएको हो ।
नेपाललाई जित दिलाउन सम्झना खड्काले ३२ रनको महत्त्वपूर्ण योगदान दिइन् । उनले ३९ बलमा २ चौका प्रहार गरिन् । रुवि पोद्दारले २२ बलमा २ चौकाको मद्दतले १५ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यसअघि, पूजा महतोले ३ विकेट लिएपछि मलेसिया १६.५ ओभरमा ६७ रनमा समेटिएको थियो ।पूजाले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट हात पारिन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर एल्सा हन्टरले सर्वाधिक १० रन जोडिन् । अन्य ब्याटर भने दोहोरो अङ्कमा रनसमेत बनाउन नसकेर पभेलियन फर्किएका थिए ।
नेपालका लागि मनिषा उपाध्याय र रिया शर्माले २–२ विकेट लिए भने कविता कुँवर र सीता राना मगरले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण