चीनले अमेरिकासँग २०० वटा बोइङ विमान किन्ने
सारांश
- चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० वटा विमान खरिद गर्ने औपचारिक घोषणा गरेको छ ।
- यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर वार्तापछि सार्वजनिक भएको हो ।
- यो सम्झौतालाई विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
बेइजिङ । चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० वटा विमान खरिद गर्ने औपचारिक घोषणा गरेको छ ।
यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको शिखर वार्तापछि सार्वजनिक गरिएको हो । यो सम्झौतालाई विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत अमेरिकाले विमान इन्जिनका पार्टपुर्जा तथा अन्य कम्पोनेन्ट आपूर्तिको ग्यारेन्टी दिनेछ । साथै, दुवै देशले अघिल्लो अतिरिक्त भन्सार महसुल (ट्यारिफ)सम्बन्धी अस्थायी युद्धविरामलाई विस्तार गर्ने र करिब ३० अर्ब डलरभन्दा बढी मूल्यका वस्तुहरूमा भन्सार शुल्क घटाउने दिशामा काम गर्ने सहमति गरेका छन् ।
७५० विमानसम्म पुग्ने सम्भावना
बोइङका प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले यो प्रारम्भिक चरण मात्र भएको र भविष्यमा थप अर्डर आउन सक्ने बताएका छन् ।
प्रारम्भिक चरणमा २०० थान विमानपछि कुल अर्डर ७५० सम्म पुग्न सक्ने सम्भावना पनि उल्लेख गरिएको छ । ट्रम्पले पनि विमानहरू समावेश भएको ठूला व्यापार सम्झौताहरू भएको दाबी गरेका छन् ।
यो सम्झौता अमेरिका र चीनबीच जारी व्यापार तनावलाई केही हदसम्म कम गर्ने प्रयासका रूपमा हेरिएको छ । यसअघि दुई देशबीच एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल ट्यारिफ लगाउन बन्द गर्ने सहमति अघिल्लो वर्ष अक्टोबरमा भएको थियो, जसअन्तर्गत केही कर कटौती र दुर्लभ खनिज निर्यात प्रतिबन्धमा अस्थायी रोक लगाइएको थियो ।
सी जिनपिङले बेइजिङमा भ्लादिमिर पुटिनसँग पनि उच्चस्तरीय वार्ता गरिरहेको समयमा यो घोषणा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण