सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनमा सहभागी नभएकालाई महेन्द्र यादवको आग्रह : गगनलाई सभापति मानेर जाऔँ

बुधबार, ०६ जेठ २०८३, १४ : ४०
बुधबार, ०६ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई गगन थापालाई सभापति मानेर अघि बढ्न आग्रह गरेका छन् ।
  • यादवले पार्टीभित्र अब यो भेला वा त्यो भेला भनेर नलागी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
  • उनले क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै एकजुट भई मधेस प्रदेशलाई एक ढिक्का बनाएर अभियानमा लाग्न आग्रह गरे ।

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा केन्द्रीय सदस्य महेन्द्र यादवले सभापति गगन थापालाई मानेर अगाडि बढ्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई आग्रह गरेका छन् । मधेस प्रदेशमा बुधवार भएको कार्यक्रममा यादवले पार्टीभित्र यो वा त्यो भेलामा नलगारेर एक ढिक्का हुन आग्रह गरेका हुन् । 

‘पार्टीभित्र अब यो भेला त्यो भेला भनेर अनेक कुरामा लागेर हुन्न । विशेष महाधिवेशनमा सहभागी नभएका हामी अरू जो थियौँ, ती सबैले गगन थापालाई सभापति मानेर अघि बढौँ’, यादवले भने । 

पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै एकजुट हुन र पुरै मधेस प्रदेश एक ढिक्का भएर यो अभियानमा लाग्न उनले आग्रह गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप