भारतमा प्रचण्ड गर्मीः छतमै अण्डा फ्राइ, भिडियो भाइरल
काठमाडौँ । भारतमा चर्को घाम र तातो हावाका कारण जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । गर्मीबाट बच्न मानिसहरूले विभिन्न घरेलु उपायहरू अपनाइरहेका छन् । भारतीय मौसम विभागले उत्तर प्रदेशका धेरै जिल्लाहरूमा रेड र ओरेन्ज अलर्ट जारी गरिसकेको छ ।
यस्तोमा प्रयागराजमा भएको एउटा घटनाको भिडियो अहिले भाइरल बनेको छ । जसले बाहिरको तापक्रम कति खतरनाक भइसकेको छ भन्ने कुरा स्पष्ट पार्छ ।
प्रयागराजको कौशाम्बीका एक इन्स्टाग्राम प्रयोगकर्ताले भिडियो सेयर गरेका हुन् । भिडियोमा उनी दिउँसोको समयमा आफ्नो घरको छतमा जान्छन् । घामले गर्दा छतको भुइँ यति तातेको छ कि त्यहाँ खाली खुट्टाले टेक्न पनि असम्भव देखिन्छ ।
ती व्यक्तिले मानिसहरूलाई गर्मीको चेतावनी दिँदै एउटा प्रयोग गरेर देखाउँछन् । उनले सीधै तातेको भुइँमा थोरै तोरीको तेल खन्याउँछन् र त्यसपछि त्यसमाथि एउटा काँचो अण्डा फुटाउँछन् ।
भिडियोमा देखिएको दृश्य साँच्चै डरलाग्दो छ । कुनै चुलो, ग्यास वा आगोबिना नै केवल सूर्यको टन्टलापुर घामको तापले अण्डा केही सेकेन्डमै पाक्न थाल्छ । यद्यपि, अण्डा पूर्ण रूपमा अम्लेट त बन्दैन, तर त्यो आंशिक रूपमा फ्राई हुन्छ । अण्डाको सेतो भाग जमेर ठोस हुन थालेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।
यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण