संविधान संशोधन : एमालेले विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने
बिहीबार, ०७ जेठ २०८३, १५ : ३४
सारांश
- नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने भएको छ।
- अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ४ गते बसेको सचिवालय बैठकमा यो प्रस्ताव पेस गरेका थिए।
- कार्यदलमा संयोजक पौडेलसहित जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई र पासाङ शेर्पा सदस्य रहेका छन्।
काठमाडाैँ। नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने भएको छ।
त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ४ गते बसेको सचिवालय बैठकमा प्रस्ताव पेस गरेका हुन्। ओलीको प्रस्तावमा संयोजक पौडेल रहेका छन् भने ६ जना सदस्यहरूमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई र पासाङ शेर्पा रहेका छन्। उक्त प्रस्तावमाथि शुक्रबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ।
सरकारले असीम शाहकाे संयाेजकत्वमा संविधान सशाेधन बहस कार्यदल गठन गरेकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण