क्रियाशील सदस्य अद्यावधिक गर्न पोखरामा कांग्रेसको प्रशिक्षण
सारांश
- नेपाली कांग्रेसले गण्डकी प्रदेशमा क्रियाशील सदस्य नवीकरणका लागि प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरेको छ ।
- यस प्रशिक्षणको मुख्य उद्देश्य क्रियाशील सदस्यहरूको विवरणलाई डिजिटल र भौतिक रूपमा व्यवस्थित गर्नु हो ।
- यस कार्यक्रमले पार्टीको तल्लो तहको वास्तविक अवस्था बुझ्न र आगामी कार्यदिशा तय गर्न सहयोग पुग्नेछ ।
पोखरा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका लागि पोखरामा प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको छ । शुक्रबार महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा गण्डकी प्रदेशले आफ्ना क्रियाशील सदस्यहरूको विवरणलाई समयसापेक्ष र व्यवस्थित बनाउन विशेष प्रशिक्षण कार्यक्रम गरेको हो ।
सदस्यहरूको पछिल्लो अवस्था र तथ्याङ्कलाई डिजिटल तथा भौतिक रूपमा व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम गरिएको कांग्रेस गण्डकी महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार, प्रशिक्षणमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्ला र स्थानीय तहका नेतृत्वदायी व्यक्तिहरू सहभागी हुनेछन् ।
यसपछि पार्टीको तल्लो तहसम्मको वास्तविक अवस्था बुझ्न र आगामी कार्यदिशा तय गर्ने जनाएको छ । ‘पार्टीलाई थप सङ्गठित र चलायमान बनाउन क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्नु अनिवार्य छ,’ उनले भने, ‘क्रियाशील सदस्यको अद्यावधिक केन्द्रीय कार्यक्रम नै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण