एक महिनामै देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारी पक्राउ, कुन प्रदेशबाट कति ?
सारांश
- गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरूमा सबैभन्दा बढी कोशी प्रदेशबाट २ सय ६ जना र सबैभन्दा कम कर्णाली प्रदेशबाट २१ जना रहेका छन् ।
- प्रहरीले सोही अवधिमा १ हजार ८ सय २० किलो गाँजा, १९ किलो चरेस, ४ किलो हेरोइन लगायत ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
अवैध लागूऔषधको जालो तोड्न सक्रिय प्रहरीले एक महिनाको अवधिमा देशका विभिन्न स्थान र प्रहरी एकाइहरूबाट यी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका रहेका छन् । विवरण अनुसार कोशी प्रदेशबाट २ सय ६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना, बागमती प्रदेशबाट १ सय ५४ जना र काठमाडौँ उपत्यकाबाट १ सय ७१ जना पक्राउ परेका छन् ।
त्यसैगरी मधेश प्रदेशबाट ७० जना, गण्डकी प्रदेशबाट ५६ जना, कर्णाली प्रदेशबाट २१ जना र लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीबाट ४२ जना कारोबारी पक्राउ परेका छन् ।
सोही अवधिमा प्रहरीले देशभरबाट ठूलो परिमाणमा अवैध लागूऔषध समेत बरामद गरेको छ । बरामद गरिएका सामग्रीहरूमा १ हजार ८ सय २० किलो ३ सय १८ ग्राम ३ सय ४० मिलिग्राम गाँजा, १९ किलो १ सय ३८ ग्राम ९ सय ६४ मिलिग्राम चरेस, ४ किलो २३ ग्राम ५ सय २८ मिलिग्राम हेरोइन, ७ किलो ९ सय ७४ ग्राम ३ सय ८० मिलिग्राम अफिम, ३३ ग्राम ६ सय २० मिलिग्राम कोकिन र ११ किलो ४ सय १९ ग्राम पोलेन रहेका छन् ।
यसैगरी फर्मास्युटिकल एवं नियन्त्रित एम्पुल र ट्याब्लेटतर्फ २ हजार ८ सय ९५ एम्पुल डाईजेपाम, २ हजार ८ सय ४५ एम्पुल फेनारगन, २ हजार ९ सय २९ एम्पुल बुप्रेनोर्फिन, २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट ट्रामाडोल, २ हजार ५ सय ४१ ट्याब्लेट नाइट्राभेट र २१ हजार ३ सय ९९ ट्याब्लेट स्पास्मो प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण