'टेबुल मुनिको लेनदेन' बन्द गर्न बोधनारायण श्रेष्ठको चुनौती
काठमाडौँ । सांसद बोधनारायण श्रेष्ठले निर्माण क्षेत्रमा हुने अनियमितता र 'टेबुल मुनिको लेनदेन' बन्द गर्न निर्माण व्यवसायीहरूलाई चुनौती दिएका छन् ।
पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले व्यवसायीहरूलाई आफ्नो पेसामा इमानदार हुन आग्रह गरे । 'तपाईँहरू टेबुल मुनिबाट हुने अनअथराइज्ड लेनदेन बन्द गर्न सक्नुहुन्छ? यदि कसैले पैसा मागेर काम रोकेको छ भने हामीलाई भन्नुस्, हामी संसद्मा बोल्छौँ,' श्रेष्ठले भने ।
उनले कतिपय व्यवसायीको लापरबाहीले गर्दा पुल तथा सडकहरू अलपत्र परेको र त्यसको असर जनताले भोग्नुपरेको भन्दै व्यवसायीहरूले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्ने बताए ।
यस्तै नेपालको सडक पूर्वाधारमा आयातित सामग्रीको सट्टा स्थानीय ढुङ्गा-माटो र प्रविधि प्रयोग गर्नुपर्ने बताएका छन् । उनले सधैँ बाहिरबाट आउने बिटुमिन र डिजेलमा मात्र भर नपरी स्थानीय स्रोतको प्रयोगबाट बाह्रै महिना चल्ने बाटो बनाउने इनोभेसनतर्फ लाग्न मन्त्रालय र व्यवसायीलाई सुझाव दिए ।
'हामीलाई कुन आयोजना कस्तो अवस्थामा छ भन्ने स्पष्ट डेटा चाहिन्छ, डेटाबिनाको योजनाले काम गर्दैन,' श्रेष्ठले भने । उनले रसुवा नाका जस्ता सामरिक ठाउँमा ५-७ वर्षसम्म भवन नबन्नु लाजमर्दो कुरा भएको भन्दै ढिलासुस्ती गर्ने व्यवसायीलाई मूल्यवृद्धिको नाममा राज्यले थप रकम तिर्न नहुने तर्क समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण