यो दुर्दशा हेर्नका लागि तपाईंको सरकार बनेको होइन, हेक्का रहोस् : राई
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले गरिब निमुखा जनतालाई पीडा दिने काम नगर्न सरकारलाई सचेत गराएकी छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुकुम्बासी बस्तीमा सरकारले अतिपीडा दिएको उल्लेख गर्दै उनीहरूको बाँच्न पाउने अधिकार हनन नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सरकारले गरिब र निमुखा नागरिकलाई बाँच्न पाउने न्यूनतम अधिकारबाट समेत वञ्चित गरेको सांसद राईको आरोप थियो । सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको ज्यान जाने अवस्था बढ्दै गएकाले सरकारले उनीहरूका लागि गाँस र बासको व्यवस्था तत्काल मिलाउनुपर्नेमा उनले जोड दिइन् ।
सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै र देशका अन्य संवेदनशील मुद्दा उठाउँदै सांसद राईले भनिन्, ‘सरकार गरिब निमुखालाई पनि बाच्न देऊ । तपाईंसँग धेरै जनताले ठुलो अपेक्षा राखेको छ । यो दुर्दशा हेर्नका लागि होइन तपाईंको सरकार । यो कुरा सरकारले हेक्का राखोस् ।’
सांसद राईले हुम्ला र बाजुरा जिल्लामा आन्तरिक सीमा विवादका कारण स्थानीयबिच कुटपिट र झडपका घटना समेत भएको उल्लेख गर्दै त्यस्ता अप्रिय स्थिति दोहोरिन नदिनका लागि बेलैमा कदम चाल्न सरकारलाई सचेत गराइन् । यस्ता आन्तरिक विवादहरूलाई समयमै सम्बोधन नगरे भविष्यमा थप ठुला दुर्घटना निम्तिन सक्ने भन्दै उनले गृह मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘म हुम्ला र बाजुरामा सीमा विवादको विषयलाई लिएर त्यहाँ झडप भएको छ । हातपात भएको छ । यो गम्भीर विषय हो । यस्ता विषय बढ्दै गयो भने त्यहाँ अरू नराम्रो घटना हुने अवस्था हामीले सुनेका छौँ । यो विषयमा के भएको हो ? सत्य तथ्य पत्ता लगाएर सो समस्या बेलैमा समाधान गरोस् भन्ने आग्रह पनि म सरकारसँग गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण