५६ वर्षीय किसानको मूत्राशयबाट निकालियो ३ पाउन्डको पत्थरी
सारांश
- चीनमा एक ५६ वर्षीय किसानको मूत्राशयबाट करिब १.३ किलोग्राम तौल भएको ठूलो पत्थरी निकालिएको छ ।
- तीन वर्षदेखि पिसाबसम्बन्धी समस्याले ग्रसित किसानले सुरुमा प्रोस्टेटको समस्या ठानेर उपचार गराएनन् ।
- शल्यक्रिया सफल भई पत्थरी निकालिएपछि किसानले समयमै उपचार नगराएकोमा पछुतो व्यक्त गरेका छन् ।
बेइजिङ । चीनमा एक जना किसानको मूत्राशयबाट ३ पाउन्ड तौल भएको पत्थरी निकालिएको छ । पुग्दा चीनको पश्चिम गुवाङडोङको लङताङ शहरका ५६ वर्षीय किसान चेन (छद्मनाम)को वर्षौँदेखि असह्य पीडा र पिसाबसम्बन्धी गम्भीर समस्याहरू झेलिरहेका थिए ।
अस्पताल जँचाउने क्रममा उनको मूत्राशयमा असामान्य रूपमा ठुलो पत्थरी भेटियो । तीन वर्षअघि देखि चेनलाई बारम्बार पिसाब फेर्न कठिनाइ हुने, अचानक पिसाब रोकिने, र कहिलेकाहीँ बसाइ नै परिवर्तन गर्नुपर्ने अवस्था देखिन थालेको थियो । कहिलेकाहीँ त असह्य पीडा र अप्ठ्यारो पनि हुने गरेको थियो ।
सुरुमा उनले यी लक्षणहरूलाई प्रोस्टेटका कारण उत्पन्न साधारण समस्या ठानेर अस्पताल जान मानेनन् । खेतीपातीको काम छोड्न नचाहेकाले उनले औषधिबाटै समस्या नियन्त्रण गर्ने प्रयासमा थिए । तर समयसँगै समस्या कम हुनुको सट्टा झन् झन् गम्भीर हुँदै गयो । उनी घरबाट टाढा जान समेत डराउन थाले र राति बारम्बार उठेर पिसाब फेर्नुपर्ने भएकाले निद्रा पनि बिग्रियो । अन्ततः परिवारको लगातारको आग्रहपछि उनी अस्पताल जान तयार भए ।
ग्वाङडोङ मेडिकल युनिभर्सिटी सम्बद्ध अस्पतालको युरोलोजी विभागमा चेनको जाँच गर्ने चिकित्सकहरू पनि छक्क परे । उनको मूत्राशयमा यति ठुलो पत्थर थियो कि पिसाब लगभग बाहिर निस्कनै सक्दैनथ्यो । युरोलोजी विभागका उपप्रमुख चिकित्सक लिन युआनका अनुसार पत्थर करिब १० सेमी चौडा र १३ सेमी लामो थियो । यसको तौल १ दशमलव ३ किलोग्राम (करिब २ दशमलव ९ पाउन्ड) थियो । यो हेदाए दुईवटा वयस्कको मुट्ठी बराबर ठुलो भएको बताइएको छ ।
डाक्टरहरूले लिएको एक्स–रेमा ढुंगाले मूत्राशयको ठुलो हिस्सा ओगटेको देखिएको थियो । शल्यक्रियाका लागि अस्पतालले बहुविषयक टोली बनाएको थियो र विशेष योजना अनुसार अपरेसन गरिएको थियो । अन्ततः शल्यक्रिया सफल भयो र किसानको मूत्राशयबाट ठुलो पत्थर निकालियो । उपचारपछि उनले भनेका थिए, ‘यदि तीन वर्षअघि नै उपचारको लागि आएको भए, मैले यति धेरै दुःख व्यर्थमा भोग्नु पर्ने थिएन,” । चिकित्सकहरूका अनुसार यो पत्थरी ग्वाङडोङ क्षेत्रमा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठुलो मध्ये एक हो । तर यो विश्वमा मान्छेको शरीरबाट निकालिएको सबैभन्दा ठुलो पत्थर भने होइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण