अब नेपाली रुपैयाँमै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने
सारांश
- ट्रिप टर्बो र अगोडाबीचको साझेदारीले नेपाली यात्रुहरूले अब नेपाली रुपैयाँमा अन्तर्राष्ट्रिय होटलहरू सहजै बुक गर्न सक्ने भएका छन् ।
- यस सहकार्यले ट्रिप टर्बो प्रयोगकर्ताहरूलाई अगोडाको विश्वव्यापी होटल नेटवर्कमा पहुँच दिनेछ ।
- यो साझेदारीले नेपाली डिजिटल ट्राभल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
ललितपुर । नेपालको सर्वाधिक डाउनलोड गरिएको ट्राभल एप 'ट्रिप टर्बो' र विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म 'अगोडा' बीच रणनीतिक साझेदारी भएको छ ।
यस सहकार्यसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा झन्झटरहित ढंगले बुक गर्न सक्ने भएका छन् ।
यस साझेदारीमार्फत ट्रिप टर्बोका प्रयोगकर्ताहरूले अगोडाको विश्वव्यापी नेटवर्कमा रहेका लाखौँ होटल तथा आवास सेवाहरूमा सहज पहुँच पाउनेछन् ।
अगोडाको अन्तर्राष्ट्रिय पहुँच र ट्रिप टर्बोको नेपाली बजारप्रतिको गहिरो बुझाइलाई संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित र विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
पछिल्लो समय नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण बढिरहेको सन्दर्भमा यस सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सन् २०२१ मा स्थापना भई २०२४ सेप्टेम्बरदेखि मोबाइल एप सञ्चालनमा ल्याएको ट्रिप टर्बोले छोटो समयमै ५ लाखभन्दा बढी डाउनलोडको माइलस्टोन पार गरिसकेको छ । हाल यो प्लेटफर्मबाट यात्रुहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटलका साथै २०० भन्दा बढी पर्यटकीय गतिविधिहरू बुक गर्न सक्छन् ।
त्यस्तै, सिङ्गापुरमा मुख्यालय रहेको अगोडाले संसारभरका ६० लाखभन्दा बढी होटल तथा होलिडे प्रोपर्टीहरूमा सेवा प्रदान गर्दै आएको छ ।
ट्रिप टर्बो र अगोडाको यो नयाँ सहकार्यले गर्दा अब नेपाली यात्रुहरूले एउटै प्लेटफर्मबाट स्वदेशी तथा विदेशी दुवै प्रकारका यात्रा सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
-
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त, उपनिर्वाचन अनिश्चित
-
शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण