बाजुरा–हुम्ला सीमा विवाद : फेरि बन्द भयो कर्णाली कोरिडोर
सारांश
- हिमाली युवा क्लबले बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिट घटनामा प्रशासनले चासो नदेखाएको भन्दै कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ।
- स्थानीयका घरमा लुटपाट र तोडफोडका घटना थपिएपछि २४ घण्टे सम्झौता कार्यान्वयन नभएको भन्दै क्लबले बन्दको आह्वान गरेको हो।
- क्लबले दोषीलाई कारबाही, क्षतिपूर्ति, घाइतेको उपचार र विस्थापितको पुनर्स्थापनाको माग गरेको छ।
सुर्खेत। बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबारदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो।
यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ।
हिमाली गाउँपालिका वडा नं ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अनुसार हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेका छन्। उनीहरूले स्थानीय बासिन्दाका साथै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटेको आरोप लगाइएको छ।
लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीडक पक्षले लिनुपर्ने, लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई पुनर्स्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पुर्याइएको क्षतिको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरुन्त अगाडि बढाउनुपर्ने क्लबको माग छ ।
हिमाली युवा क्लबले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण