इरानसँगको वार्तामा ‘उल्लेख्य प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको दाबी
काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको वार्तामा उल्लेख्य प्रगति भएको बताएका छन् । उनले आजै यस विषयमा थप जानकारी सार्वजनिक हुन सक्ने सङ्केत पनि दिए ।
नयाँ दिल्लीमा भारतका विदेशमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले अमेरिकाको मुख्य उद्देश्य इरानले कहिल्यै परमाणु हतियार प्राप्त नगर्ने सुनिश्चित गर्नु रहेको पनि दोहोर्याए।
उनले भने, ‘इरानले कहिल्यै पनि आणविक हतियार राख्न सक्दैन । राष्ट्रपति यसबारे स्पष्ट हुनुहुन्छ,’ । रुबियोले इरानले स्ट्रेट अफ हर्मुजमा जहाजहरू नष्ट गर्ने धम्की दिएको आरोप लगाउँदै त्यसलाई अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताएका छन् । ‘यो उनीहरूको स्वामित्वमा छैन । यो एक अन्तर्राष्ट्रिय जलमार्ग हो,’ उनले भने।
रुबियोका अनुसार अहिले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरिरहेका व्यापारिक जहाजहरूलाई इरानले धम्की दिनु कुनै पनि अन्तर्राष्ट्रिय कानुनी मान्यताअनुसार अवैध भएकोमा उनले स्पष्ट पारे।
उनले थपे, ‘हामीलाई नियन्त्रण गर्ने कुनै पनि अन्तर्राष्ट्रिय कानुनको अवधारणा अन्तर्गत त्यो गैर कानुनी छ,’ । यस्ता गतिविधिलाई सामान्य रूपमा स्वीकार गरिए खतरनाक उदाहरण स्थापित हुने चेतावनी उनले दिए।
‘यदि हामीले त्यसलाई सामान्य हुन दियौँ भने, हामीले अस्वीकार्य यथास्थितिलाई सामान्य बनाइरहेका हुनेछौँ र खतरनाक उदाहरण स्थापित गरिरहेका हुनेछौँ।,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण