जीतपुर सिमरामा हावाहुरीले ४५ घरमा क्षति (तस्बिरहरू)
बारा । शनिबार राती आएको हावाहुरीले जीतपुरसिमरा उपमहानगरका ४५ घरमा क्षति पुर्याएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारीसहित उपमहानगरको नगर प्रहरीको टोलीले आइतबार स्थलगत अवलोकन गरी ४५ घरमा पूर्ण तथा अन्य केही घरमा आंशिक क्षति पुगेको जानकारी दिएको हो ।
अमलेखगञ्ज–चकरी खण्डमा हावाहुरीले रुख ढलेपछि आवागमन बन्द भएको थियो । आइतबार उपमहानगरको नगर प्रहरीले रुख पन्छाएर बाटो खोलेको उपमहानगरले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका जोड्ने चकरी–डम्बरपुर खण्डमा रुख ढलेकाले सडक र विद्युत् पूर्ण रूपमा बन्द भएको थियो ।
कतिपय रुखहरू जरैदेखि ढलेकाले बारामा केही वर्ष अघि आएको टोर्नाडोकै झल्को दिने हावाहुरी देखिएको नगरप्रमुख पौडेलले बताए । ‘कतिपय रुख जरैदेखि ढलेको छ, हावाहुरी अत्यन्तै शक्तिशाली टोर्नाडो जस्तो देखियो’ पौडेलले सञ्चारकर्मीहरूसँग भने ।
हावाहुरीका कारण भएको क्षतिको विषयमा उपमहानगरपालिकाले विवरण सङ्कलन सुरु गरेको छ। यता डिभिजन वन कार्यालय बाराले पनि शनिवार आएको हावाहुरीले धेरै रुख ढलेको बताए ।
बारा ४ का सङ्घीय सांसद रहबर अन्सारीले पनि हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। अवलोकन पश्चात् सङ्घीय सांसद अन्सारीले क्षतिको मूल्याकंन गरेर स्थानीय र प्रदेश सरकार मार्फत तत्कालका लागि राहत उपलब्ध गराउन पहल गर्ने बताए।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण