शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संविधान संशोधनका लागि गोलमेच सम्मेलन गर्नुपर्छ : नेता केसी

मङ्गलबार, १२ जेठ २०८३, १२ : २४
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।
  • उनले वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने बताए ।
  • सांसद केसीले संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग र सबैको सहभागितामा गोलमेच सम्मेलन गर्नुपर्ने बताए । 

प्रतिनिधि सभाको जारी बैठकमा वर्तमान संविधान संशोधन बहस कार्यदल सत्ताको वरिपरि मात्रै घुमेको र यसबाट संशोधनको वातावरण निर्माण हुन नसक्ने बताए । 

‘संविधान संशोधनको वातावरण निर्माण गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ । सबैको सहभागितामा गोलमेच सम्मेलन हुनुपर्छ,’ सांसद केसीले भने । 

संविधान संशोधनमा सबैको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप