संसद् सरकारको भजन र प्रशंसा मात्र गर्ने थलो होइन : एमाले
मङ्गलबार, १२ जेठ २०८३, १७ : २८
सारांश
- नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो नभएको बताएकी छिन्।
- उनले सरकारले इमान्दारिताका साथ काम नगरेको र संसद्मा प्रतिपक्षको भूमिकालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइन्।
- अर्यालले संसद् प्रतिपक्षको आवाज उठाउने थलो भएको र सरकारले यसको सम्मान गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो नभएको बताएकी छिन् । मंगलबार सदनमा सरकारको कार्यशैलीको विरोध गर्दै अर्यालले संसद् प्रतिपक्षको भएको बताएकी हुन् ।
‘सरकार जुन इमानदारिताका साथ प्रस्तुत हुनुपर्थ्यो, त्यो यहाँ देखिएन । भित्र एउटा सहमति गर्ने तर फेरि ठेलेरै लैजान खालको परिदृश्य देखियो । प्रतिपक्षका सांसदहरूले बोलिसकेपछि पटकैपिच्छे लर्कानु पर्ने । संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो होइन । यो प्रतिपक्षको थलो हो’, अर्यालले भनिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण