सुधन गुरुङलाई छानबिन समितिले भन्यो, ‘जुनसुकै बेला बयानमा बोलाउँछौँ’
सारांश
- पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले उनलाई बयानमा बोलाउने तयारी गरेको छ ।
- दीपक भट्टको कम्पनीमा ५० लाख मूल्य बराबरको सेयर किनेको विषयमा प्रश्न उठेपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
- मन्त्रिपरिषद्ले गठन गरेको समितिले १० दिनको छानबिनपछि गुरुङलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले उनलाई बयानमा बोलाउने तयारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रश्न उठेपछि उनले मन्त्रीबाट राजीनामा दिएका थिए ।
रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।
त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले गुरुङलाई बयान आउनेबारे सूचना दिएको छ । समितिका एक जना सदस्य भन्छन्, ‘उहाँलाई जुनसुकै बेला बोलाउन सक्छौँ भनेर जानकारी गराइसकेका छौँ ।’ गुरुङलाई बुधबार र बिहीबार मध्ये एक दिन बयान लिइने ती सदस्यले बताए ।
समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले आफूहरू प्रमाण सङ्कलनमै रहेको रातोपाटीलाई बताए । उनले भने, ‘एकपछि अर्को प्रमाण आउँदै छ, हामी प्रमाण सङ्कलनकै क्रममा छौँ ।’
प्रमाण सङ्कलन सकेपछि बयान लिएर प्रतिवेदन तयार गरिने भण्डारीले बताए । बैंक, स्टक एक्स्चेनज र पत्रिकामा प्रकाशित समाचारहरूको आधारमा समितिले छानबिन गरिरहेको छ । गुरुङसँग बयान लिनेबारे अध्यक्ष भण्डारी भन्छन्, ‘एक/दुई दिनमा लिन्छौँ ।’
समितिले छानबिन थालेको १० दिन भएको छ । समितिलाई मन्त्रिपरिषद्ले १५ दिनमा प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् । गुरुङले वैशाख ९ मा राजीनामा बुझाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण