देशभर सडक सञ्जाल ३६ हजार ८ सय किलोमिटर पुग्यो, २० हजार किलोमिटर सडक कालोपत्रे
सारांश
- चालु आर्थिक वर्षको फागुनसम्म मुलुकभर कुल ३६ हजार ८ सय ६ किलोमिटर सडक निर्माण भएको छ ।
- कुल सडक सञ्जालमध्ये २० हजार ४ सय ५६ किलोमिटर सडक कालोपत्रे गरिएको छ, जुन कुल सडकको ५५.६ प्रतिशत हो ।
- चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ७६ किलोमिटर नयाँ सडक थपिएको छ भने ४१३ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरिएको छ ।
काठमाडौँ । नेपालको पूर्वाधार विकासमा सडक सञ्जालको विस्तारले उत्साहजनक गति लिएको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कुल ३६ हजार ८ सय ६ किलोमिटर सडक निर्माण भएको छ ।
कुल सडक सञ्जालमध्ये कालोपत्रे सडकको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार सडकको अवस्था निम्न बमोजिम छ:
कालोपत्रे सडक: २० हजार ४ सय ५६ किलोमिटर (कुल सडकको ५५.६ प्रतिशत)
ग्राभेल सडक: ७ हजार ६ सय २ किलोमिटर (२०.६ प्रतिशत)
कच्ची सडक: ८ हजार ७ सय ४८ किलोमिटर (२३.८ प्रतिशत)
गत फागुनसम्म कालोपत्रे सडकको लम्बाइमा उल्लेख्य वृद्धि भएको छ। असारमा २० हजार ४३ किलोमिटर रहेको कालोपत्रे सडक ८ महिनामा थप ४१३ किलोमिटर बढेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (फागुनसम्म) मा ७६ किलोमिटर नयाँ सडक थपिएको छ। ९१ किलोमिटर सडकलाई ग्राभेल स्तरमा र ४१३ किलोमिटर सडकलाई कालोपत्रे स्तरमा स्तरोन्नति गरिएको छ ।
२ हजार २ सय ४७ किलोमिटर सडकको आवधिक मर्मत र ६३.३ किलोमिटर सडकको नियमित मर्मत कार्य सम्पन्न भएको छ। यस अवधिमा मात्रै १०२ वटा नयाँ सडक पुलहरूको निर्माण कार्य सम्पन्न भएको छ।
सङ्घीय सरकारको लगानीमा निर्माण भएका कालोपत्रे सडकको घनत्व १३८.७ मिटर प्रति वर्ग किलोमिटर पुगेको छ। राष्ट्रिय गौरवका ठुला आयोजनाहरूमध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग १ हजार ८ सय ७९ किलोमिटर मध्ये १ हजार ५ सय १० किलोमिटर कालोपत्रे भइसकेको छ।
हुलाकी राजमार्ग १ हजार ८ सय ५७ किलोमिटर मध्ये १ हजार ३ सय ८१ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग ७४० किलोमिटर मध्ये ३९५.५ किलोमिटर कालोपत्रे भएको छ।
यसैगरी उत्तर–दक्षिण करिडोर अन्तर्गत कालीगण्डकी करिडोर, कर्णाली करिडोर र कोशी करिडोरमा पनि ट्रयाक खोल्ने र कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको सर्वेक्षणले देखाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण