बैंकहरूमा अधिक तरलता, कर्जा प्रवाह सुस्त
सारांश
- चालु आर्थिक वर्षको फागुनसम्म बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको छ।
- निक्षेप सङ्कलनको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ।
- अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकिङ क्षेत्रमा पर्दा निष्क्रिय कर्जा (खराब कर्जा) को औसत अनुपात ५.४२ प्रतिशत पुगेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको छ। बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । अर्थमन्त्री वाग्लेका अनुसार बैंकिङ क्षेत्रमा अधिक तरलता रहे पनि कर्जा प्रवाह भने सुस्त रहेको छ।
निक्षेप सङ्कलनको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको अर्थमन्त्रीले बताएका छन् । त्यस्तै बैंकहरुमा खराब कर्जा (निष्क्रिय कर्जा) को दर समेत बढेर साढे ५ प्रतिशत नजिक पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले वृद्धि भई ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ । बैंकहरुमा अधिक तरलता रहे तापनि सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ४.४ प्रतिशतले मात्र वृद्धि भएको छ।
यसरी ४.४ प्रतिशतले वृद्धि भएर ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ । यसले निक्षेपको तुलनामा कर्जा विस्तार न्यून रहेको छ ।
बैंकहरुमा तरलता अधिक भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा छ । २०८२ फागुन मसान्तसम्म सीडी रेसियो ७४.०७ प्रतिशत कायम भएको छ । कुल निक्षेपमा कुल कर्जाको अंश ८०.०७ प्रतिशत रहेको छ ।
अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकिङ क्षेत्रमा पर्दा निष्क्रिय कर्जा (खराब कर्जा) को औसत अनुपात ५.४२ प्रतिशत पुगेको छ । यसले बैंकहरुको कर्जा असुलीमा चुनौती थपिएको र बैंकिङ प्रणालीमा जोखिम बढेको देखाउँछ ।
कर्जा प्रवाह सुस्त भए पनि वित्तीय पहुँच र डिजिटलाइजेसनमा भने उल्लेख्य सुधार आएको छ । २०८२ फागुनसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार २ सय २२ पुगेको छ भने कर्जा खाताको संख्या २० लाख ४० हजार १ सय ४८ पुगेको छ ।
प्रविधिको प्रयोग बढ्दै जाँदा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन् । डिजिटल भुक्तानीतर्फ आकर्षक वृद्धि हुँदै क्युआरमा आधारित कारोबार मात्रै फागुनसम्म १ खर्ब २५ अर्ब भन्दा बढी पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण