बसको ठक्करबाट विद्यार्थीको मृत्यु
बिहीबार, १४ जेठ २०८३, ०० : ५१
सारांश
- स्कुल बसको ठक्करबाट झापामा चार वर्षीय बालकको मृत्यु भएको छ ।
- बसले विद्यार्थी ओराल्ने क्रममा ठक्कर दिएको थियो ।
- प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ स्कुलको गुडिरहेको बसले ठक्कर दिँदा सोही विद्यालयमा अध्ययनरत चार वर्षीय बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड़काले बोर्डिङ स्कुलको को१ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत आरोग्य चिमरियालाई ठक्कर दिएको हो ।
विद्यालयको बिदापछि बसबाट विद्यार्थी ओराल्ने क्रममा बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड़काले जानकारी दिए । घटना लगत्तै प्रहरीले बस र चालक गौरादहका ५७ वर्षीय लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण