माथिल्लो त्रिशूली–१ : बाँधको वियर गेट जडान र परीक्षण सफल
सारांश
- रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा पहिलो वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।
- हाइड्रो–मेकानिकलतर्फको यो महत्वपूर्ण संरचनाको परीक्षणमा संघीय सांसद, ऊर्जा मन्त्रालयका सह–सचिव र कोरियाली राजदूत सहभागी थिए।
- प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन यस आयोजनाको समग्र भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ र सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।
काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा पहिलो वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ।
बिहीबार आयोजित विशेष कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा मन्त्रालयका सह–सचिव सागरराज गौतम र नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङको उपस्थितिमा हाइड्रो–मेकानिकलतर्फको यो महत्वपूर्ण संरचनाको परीक्षण गरिएको हो।
नदीको पानी बहाव नियन्त्रण गरी सुरुङतर्फ मोड्ने र बाँधमा पानीको सतह कायम राख्ने तीनवटा गेटमध्ये एउटाको काम सकिएसँगै आयोजनाले थप गति लिने विश्वास गरिएको छ। कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो जलविद्युत परियोजना हो।
हालसम्म यसको समग्र भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ। ९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काम सम्पन्न भई अहिले कंक्रिट लाइनिङ भइरहेको छ भने इलेक्ट्रो–मेकानिकल उपकरण जडानको कार्य जारी छ।
सन् २०२४ र २०२५ को बाढीका कारण केही अवरोध भए पनि सन् २०२७ को मध्यसम्ममा आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वार्षिक १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन गर्ने यस आयोजनाले प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालसम्म २३ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। उत्पादित विद्युत त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण