बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'डन ३' विवादमा सलमान खानको 'इन्ट्री'

शुक्रबार, १५ जेठ २०८३, १३ : ०२
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • रणवीर सिंहले 'डन ३' छोडेपछि निर्देशक फरहान अख्तर र रणवीर सिंहबीच विवाद बढेको छ ।
  • अभिनेता सलमान खानले फरहान अख्तर र रणवीर सिंहबीच मध्यस्थता गर्न प्रयास गरिरहेका छन् ।
  • रणवीर सिंहमाथि 'डन ३' छोडेपछि प्रतिबन्ध लगाइएको छ ।

नयाँ दिल्ली । पछिल्ला केही दिनयता बलिउडमा 'डन ३'सम्बन्धी कन्ट्रोभर्सी हेडलाइन बनिरहेको छ । फिल्म छोडेपछि रणवीर सिंहमाथि प्रतिबन्ध लगाइएको छ । यस्तोमा बलिउडका दिग्गज अभिनेता सलमान खानले निर्देशक फरहान अख्तर र रणवीर सिंहलाई मिलाउन प्रयास गरिरहेको भन्ने खबर आएको छ ।

फिल्म ‘डन ३’लाई लिएर उठिरहेको विवाद सलमान खानको कारण समाधान हुन सक्ने देखिएको छ । बलिउड हङ्गामाको एक रिपोर्ट अनुसार, सलमान खान रणवीर सिंह र फरहान अख्तर बिच मध्यस्थता गर्न खोजिरहेका छन् । उनले दुवै पक्षसँग कुरा गरेर दुबैले आफूसँग सम्बन्धित परियोजनाहरूको भविष्यलाई हानि नगरी आपसी समस्या समाधान गर्न आग्रह गरेको बताइएको छ । सलमान खानले फरहान अख्तरलाई दशकौंदेखि बलिउडमा रचनात्मक भिन्नताहरू सामान्य भएको बुझाउन खोजेका थिए । उनले रणवीरसँग लामो कुराकानी गरेको थाहा भएको छ ।

के हो विवाद ?

रणवीर सिंहले अचानक 'डन ३' छोडेपछि उनी र फरहान अख्तरबिचको विवाद लगातार बढ्दै गयो । यो कुरा पश्चिमी भारत सिने कर्मचारीहरूको महासंघ (एफडब्ल्यूआईसीई)सम्मै पुग्यो । फरहान अख्तर त्यहाँ गए र रणवीर सिंह विरुद्ध उजुरी दर्ता गरे । 

रणवीर सिंहले ‘डन ३’बाट आफ्नो नाम अन्तिम समयमा, युनिट सुटिङको लागि जानुभन्दा ठिक तीन हप्ता अघि फिर्ता लिएको आफ्नो उजुरीमा फरहानले आरोप लगाएका थिए । एफडब्ल्यूआईसीईले यस विषयमा रणवीर सिंहलाई तीनवटा सूचना जारी ग‍र्याे । तर फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइजले उनको कुनै प्रतिक्रिया पाएन । यस्तो अवस्थामा, पत्रकार सम्मेलन बोलाइयो र रणवीर सिंहमाथि प्रतिबन्धको खबर साझा गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप