लक्ष्यअघि नै योजना सम्पन्न गर्ने कम्पनी पुरस्कृत
म्याग्दी । म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवस–२०८३ का अवसरमा आज सम्मान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालयले सात र खानेपानी, जलस्रोत तथा सिँचाइका लक्ष्यअघि नै सम्पन्न भएका तीन वटा योजनाका सञ्चालकलाई सम्मान गरिएको हो।
कालीगण्डकी कोरिडोर सडक आयोजनाले चुनौतीपूर्ण भूगोल र संवेदनशील अवस्थाबीच समेत सफलतापूर्वक सडक निर्माण सम्पन्न गर्ने तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई सम्मान गरेको छ ।
पूर्वाधार विकास कार्यालयले ओमेन अस्कर निर्माण सेवा (मालिका–५, म्याग्दी), रुप्से बिल्डर्स प्रालि (अन्नपूर्ण–३), सोमरस निर्माण सेवा (बेनी नगरपालिका–२), विपीएल बीएसडी डिपी जेभी (टोखा–१०, काठमाडौँ), मङ्गला कन्स्ट्रक्सन प्रालि (मङ्गला–२), मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि (सुन्दरादेवी–२, नुवाकोट) र एसएस बिल्डर्स (बेनी नगरपालिका–८) लाई सम्मान गरेको हो।
यसैगरी खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयले रुप्से बिल्डर्स प्रालि (अन्नपूर्ण–३ दाना), महाशक्तिमाया कन्स्ट्रक्सन प्रालि (बेनी नगरपालिका–६) र धौलाश्री निर्माण सेवा (रघुगङ्गा–३ पिप्ले) लाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण