गण्डकीलाई धार्मिक र सांस्कृति मार्गसँग जोडेर पर्यटकीय हब बनाइने
शुक्रबार, १५ जेठ २०८३, १७ : २७
पोखरा । सरकारले विभिन्न राजमार्गको सुधार र स्तरोन्नतीसँगै ति राजमार्गलाई धार्मिक र सांस्कृतिक मार्गसँग जोडेर पर्यटकीय हब बनाउने घोषणा गरेको छ । त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई जोडेर शालिग्राम पथको विकास गर्ने अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले जानकारी दिए ।
उनका अनुसार, लुम्बिनीदेखि मुक्तिनाथसम्मको धार्मिक–सांस्कृतिक मार्ग निर्माण गरी त्यहाँ ध्यान, साधना र योगका साथै हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने छ ।
मध्यपहाडी राजमार्गलाई कोरला व्यापारिक नाकासँग जोडेर व्यापारिक गन्तव्यहरू विस्तार गरिने उनले बताए । यस्तै, पोखरा उपत्यकामा वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकता दिने घोषणा गरेको छ । पोखरामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गरी इ–मोबिलिटी सेवा सुरुवात गर्ने योजना अघि सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण