आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्राधिकरण मोडलमा बुढिगण्डकी आयोजना अघि बढाउने

शुक्रबार, १५ जेठ २०८३, १७ : २९
शुक्रबार, १५ जेठ २०८३

पोखरा । सरकारले गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै ठुला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले गण्डकी क्षेत्रलाई ऊर्जाको हब बनाउने योजना अघि सारेको हो । 

ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाहरूलाई मुख्य प्राथमिकता दिएको छ । १२ सय मेगावाटको बहुप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले जानकारी दिए । 

यस्तै, तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी र तल्लो मोदी जस्ता आयोजनाहरूको निर्माणलाई तीव्रता दिने घोषणा गरिएको छ । सरकारले वित्तीय व्यवस्थापनसहित ८२८ मेगावाटको उत्तरगंगा लगायतका दर्जनौं आयोजनाहरूको ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप