शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बजेटमा पर्यटनको राजधानी उपेक्षित

शुक्रबार, १५ जेठ २०८३, १७ : ४३
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे पनि आगामी आर्थिक वर्ष २०८३८४ को बजेटले यसलाई उपेक्षा गरेको छ ।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे बजेटमा कुनै ठोस योजना नहुँदा व्यवसायीहरूले गुनासो गरेका छन् ।
  • बजेटमा गण्डकी प्रदेशका केही पर्यटकीय योजनाहरू समावेश गरिएका छन्, जसमा गुम्बा संरक्षण, पर्यटकीय कोरिडोर, पदमार्ग र साइकल ट्रेल विकास पर्दछन् ।

पोखरा । सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे पनि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले भने उपेक्षा गरेको छ ।

पर्यटन मन्त्री खड्गबहादुर (गनेस) पौडेल पोखराकै प्रतिनिधित्व हुन् । तर, सरकारले बजेटमा पोखराको मुख्य लाइफलाइन मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे कुनै ठोस योजना सार्वजनिक गरेन । 

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराको पर्यटनले गति लिन नसकेको गुनासो व्यवसायीहरूको छ । पोखराको पर्यटकीय पूर्वाधारमा पनि सरकार मौन छ । यद्यपि, गण्डकी प्रदेशका केही पर्यटकीय योजनाहरूलाई बजेटमा समावेश गरेको छ । 

मुस्ताङ र मनाङका २०० वर्षभन्दा पुराना दुई दर्जनभन्दा बढी ऐतिहासिक गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए । यस्तै, देवघाट, मुक्तिनाथ र त्रिवेणीलाई समेटेर प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । 

खप्तड, रामा रोशन, बडीमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी डाँफे पदमार्ग निर्माण गर्ने वाग्लेले बताए । दोर्दी हिमाल र सिक्लेसको कपुचे क्षेत्रमा ट्रेकिङ रुट विकास गर्ने योजना समेटिएको छ।

गण्डकीका मध्य पहाडी क्षेत्रमा साइकल ट्रेलको विकास गर्ने सरकारको घोषणा छ । कास्की, लमजुङ हुँदै करापुसम्म र व्यास–छाब्दी–बन्दीपुर–देवघाट जोड्ने रुटलाई परीक्षणका रूपमा विकास गरिने सरकारको लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप