पार्टी संरचना र निर्वाचनमा इन्जिनियरलाई प्राथमिकता दिने गगन थापाको प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेस र यसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बीच पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका तर्फबाट आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरूको भूमिका, हक–हित तथा आगामी रणनीतिक योजनाबारे गम्भीर विमर्श भएको हो।
पार्टी सभापति गगनकुमार थापाको विशेष निमन्त्रणामा आयोजित उक्त छलफलमा मुलुकको विकास, सुशासन र दिगो पूर्वाधार निर्माणमा प्राविधिक जनशक्तिले खेल्न सक्ने भूमिकाबारे गहन मन्थन गरिएको थियो ।
कार्यक्रममा सिडेनका सभापति रवि भूषण झाले नेपाली कांग्रेसभित्र बौद्धिक वर्ग, विशेष गरी इन्जिनियरहरूको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न आवश्यक रहेको बताए।
सभापति झाले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा दक्ष, अनुभवी र प्राविधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई उम्मेदवार छनोटमा प्राथमिकता दिन नेतृत्वसमक्ष आग्रह गरे ।
उनले भने, ‘नीति निर्माणदेखि कार्यान्वयनको तहसम्म इन्जिनियरहरूको सार्थक सहभागिता बिना समृद्धिको लक्ष्य पूरा हुन सक्दैन। त्यसैले पार्टीले प्राविधिक नेतृत्वलाई स्थान दिनुपर्छ।
छलफलका क्रममा उठाइएका विषयहरूप्रति ऐक्यबद्धता जनाउँदै नेता गगन कुमार थापाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिदेखि अन्य विभिन्न संरचनाहरूमा इन्जिनियर तथा प्राविधिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
थापाले पार्टीको विधान संशोधनमार्फत नै यस क्षेत्रको प्रतिनिधित्वलाई सम्बोधन गरिने बताए । कार्यक्रममा सिडेनका केन्द्रदेखि प्रदेश तहसम्मका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण