लाओसको गुफामा फसेका थप ४ जनाको उद्धार : उद्धारकर्ता
लाओस । लाओसको एउटा गुफामा दश दिन देखि फसेका थप ४ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन् । एक दिन अघि उनीहरुलाई सतहमा ल्याइएको जनाउँदै अझै दुई जना बेपत्ता रहेको जनाइएको छ ।
सतहको पानीलाई पम्प गरेर तिनीहरूलाई बाहिर निकाल्न सक्षम भएको उद्धारकर्ताहरुले बताएका छन् । थाइल्यान्ड रेसकिउ डाइभर फेसबुक पोष्टमा शनिबार करिब दिउँसो ३ः १० बजे उद्धार अधिकारीहरूले थप ४ जना मानिसहरूलाई बाहिर निकाल्न सफल भएको जनाइएको छ । हाल सम्म पाँच जनालाई उद्धार गरिएको उल्लेख गर्दै दुई जना अझै बेपत्ता रहेको जनाइएको छ ।
गत मे –२० देखि मध्य जेसोम्बौन प्रान्तको दुर्गम पाहाडी क्षेत्रको गुफामा सुनको खोजी गर्दै गरेका सात जना मानिसहरू आकस्मिक बाढीका कारण फसेको सरकारी मिडियाहरुले रिपोर्ट गरेका छन् ।
गुफाको सतहबाट करिब ३०० मिटर टाढाको साँघुरो स्थानमा जम्मा भएका पाँच जना मानिसहरू बुधबार जीवित फेला पारी उद्धार गरिएको जनाइएको छ ।
उद्धारकर्ताहरूले शुक्रबार माटोले पुरिएका मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएका छन् । भारी वर्षाले आकस्मिक बाढी निम्त्याए पछि गुफाको निकास अवरुद्ध हुँदा उनीहरु गुफामै फसेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण