बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
सारांश
- श्रीलङ्काका वरिष्ठ बौद्ध भिक्षु यौन दुव्र्यवहारको आरोपमा निलम्बित भएका छन्।
- ७१ वर्षीय भिक्षुलाई पवित्र पीपलको प्रमुख संरक्षक पदबाट हटाइएको छ।
- उनलाई प्रहरीले पक्राउ गरी धरौटीमा रिहा गरेको थियो।
काठमाडौँ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शनिबार श्रीलङ्काको एक बरिष्ठ बौद्ध भिक्षुलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।
एक दुर्लभ अनुसन्धानात्मक कदममा ७१ वर्षीय पल्लेगामा हेमरथनालाई ज्ञानको खोजीमा रहँदा बुद्धलाई आश्रय दिएको विश्वास गरिएको पवित्र पीपल (फिकस) को प्रमुख संरक्षकको रूपमा उनको जिम्मेवारीबाट हटाइएको हो ।
“माल्वाटे शाखाका भिक्षुहरूको परिषद्ले आज भेन हेमरथनालाई उहाँविरुद्ध कानुनी कारबाही पूरा नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ,” शीर्ष भिक्षुद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
कोलम्बोबाट २०० किलोमिटर उत्तरमा रहेको अनुराधापुरास्थित जय श्री महाबोधि मन्दिरमा सन् २०२२ मा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेमरथनालाई प्रहरीले ९ मेमा पक्राउ गरेको थियो ।
उनलाई सुनुवाईमा उपस्थित हुने सर्तमा अदालतले धरौटीमा रिहा गरेको थियो भने उनलाई विदेश जान रोक लगाएको थियो ।
दैनिक हजारौँ मानिसहरूले पूजा तथा अर्चना गर्ने जय श्री महाबोधि मन्दिर नजिकै रहेको पीपलले बुद्धलाई ज्ञानको खोजीमा हिँडेका समय बुद्धत्व प्राप्त गरेको पीपलसँग सम्बन्धित भएको मानिन्छ ।
श्रीलङ्काले बुद्धको जन्म, ज्ञान र निधनको स्मृति दिवस मनाएकै दिन हेमरथनाको निलम्बन भएको हो ।
श्रीलङ्कामा बुद्ध भिक्षुहरूमाथि बालबालिकामाथि दुर्व्यवहार गरेका कैयौँ घटना भएका छन्, तर यस्तो अपराधको आरोप लगाइएका हेमरथना सबैभन्दा वरिष्ठ भिक्षु हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण