वनस्थलीबाट शोभा पाठकको उद्धार, काउन्सिलिङ गरिँदै
सारांश
- सामाजिक सञ्जालमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले वनस्थलीबाट उद्धार गरेको छ ।
- पाठकलाई प्रहरीले काउन्सिलिङका लागि मनमोहन अस्पताल लगेको छ ।
- पाठकले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएकी छन् ।
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।
पाठकले शनिवार राति भावुक गीतमा रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन् । उनलाई बालाजुस्थित वनस्थलीबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
प्रहरीले उनलाई काउन्सिलिङका लागि चिकित्सककहाँ लगेको छ । उनलाई मनमोहन अस्पतालमा लगिएको एसपी भट्टराईले बताए । पाठकले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएकी छन् ।
प्रहरीले उनलाई आज बिहान सवा ९ बजे उद्धार गरेको हो । गएराति पोस्ट गरेको भिडियोमा उनले ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ भन्ने गीतको व्याकग्राउण्डमा आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । प्रहरीले उनका परिवारका सदस्यलाई पनि बोलाएको छ ।
एसपी भट्टराई भन्छन्, ‘उहाँले किन त्यस्तो पोस्ट गर्नुभयो हामी अनुसन्धान गर्दै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण