अपडेट
एसियन गेम्स छनोट क्रिकेट : चीनविरुद्ध नेपालको फराकिलो जित
आइतबार, १७ जेठ २०८३, ११ : ०८
सारांश
- एसियन गेम्स छनोट क्रिकेटमा नेपालले चीनविरुद्ध फराकिलो जित हात पारेको छ ।
- नेपालले पहिला ब्याटिङ गर्दै ३१३ रन बनाएको थियो भने चीन ९२ रनमा समेटिएको थियो ।
- नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए ।
काठमाडौँ । एसियन गेम्स छनोट क्रिकेटमा नेपालले चीनविरुद्ध फराकिलो जित हात पारेको छ । आइतबार सिंगापुरमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो ।
३१४ रनको विशाल लक्ष्य पाएको चीन १९ ओभर दुई बलमै सबै विकेट गुमाउँदै ९२ रनमा सीमित भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै उक्त रन जोडेका थिए ।
यस्तै, कुशल मल्लले ८५ र रोहित पौडेलले ६९ रन बनाए ।
चीनका लागि ब्याटिङतर्फ झेङ सेन्जियानले ३१, जियानहाओ डुले १७ र तियान सेङुनले १२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अङ्कको रन बनाउन असफल रहे ।
बलिङतर्फ नेपालका कुशल मल्लले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पारे । नन्दन यादवले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण