आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँ, जवाफ पनि आएको छ : प्रधानमन्त्री

आइतबार, १७ जेठ २०८३, १३ : ४९
आइतबार, १७ जेठ २०८३

काठमाडौँ । लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी गराएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले त्यस्तो जानकारी गराएका हुन् । 

एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’ 

प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए ।  यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको प्रधानमन्त्री शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप