सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
संसद्‌मा प्रश्नाेत्तर

मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको छैन : प्रधानमन्त्री

आइतबार, १७ जेठ २०८३, १४ : १८
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नआएको बताएका छन्।
  • प्रतिनिधि सभाको बैठकमा सांसद आर्यन राईले प्रतिवेदन कार्यान्वयनबारे प्रश्न सोधेका थिए।
  • प्रधानमन्त्रीले प्रतिवेदन कार्यालयमा आएपछि सार्वजनिक गरिने बताए।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार अयोगले जेनजी आन्दोलनको विषयमा तयार पारेको छानबिन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइनसकेको बताएका छन्। 

आइतबारको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनबारे तयार पारेको छानबिन प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आइनसकेको बताएका हुन्।

‘प्रधानमन्त्री कार्यालयमा आधिकारिक रूपमा आएको छैन । आएपछि सार्वजनिक गछौँ,’ प्रधानमन्त्री शाहले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप