मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

सुरु भयो प्रतिनिधि सभा बैठक, विपक्षीको अवरोध कायमै

आइतबार, १७ जेठ २०८३, २० : ४७
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
  • संसदीय समितिमा पठाउनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।
  • फेरि सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन् ।

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार राति १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको हो । 

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका थिए।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेकी थिइन् ।

तर, सभामुख डोलप्रसाद अर्यालले नमानेर  ‘निर्णयार्थ पेस गर्छु’ भनेर संशोधन प्रस्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढेपछि विपक्षी दलका सांसदहरूले बेल घेराउ गरेका थिए।

त्यसपछि सभामुख अर्यालले बैठक स्थगित गरेका थिए ।

फेरि सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप