रास्वपा सभापति लामिछानेको भारत भ्रमणबारे भाजपाले के भन्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा सो पार्टीको एक प्रतिनिधिमण्डल भोलि सोमबारदेखि भारत भ्रमणमा जाने भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपाको टोली भारत जान लागेको हो ।
भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनका साथै पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस भ्रमणले राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टीबिच आपसी दलीय सम्बन्धको सुरुवात गर्ने लक्ष्य राखेको छ ।
भ्रमणका क्रममा दुई पार्टीका नेताहरूबिच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान गर्ने अवसर मिल्ने भाजपाले जनाएको छ । रास्वपाको यस प्रतिनिधिमण्डललाई भारतीय जनता पार्टीले स्वागत गर्दै यस भ्रमणबाट रचनात्मक संवाद हुने अपेक्षा राखेको विदेश विभाग प्रमुख डा. चौथाइवालेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
-
फेसबुकमा प्राविधिक समस्या, लगइन गर्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण