आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

मिराज ढुङ्गाना भन्छन्– प्रधानमन्त्री शाहसँग क्षमता छैन

आइतबार, १७ जेठ २०८३, २२ : ०२
आइतबार, १७ जेठ २०८३

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री बालेन शाहसँग क्षमता नभएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । आज मात्रै प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । सोही अभिव्यक्तिलाई लिएर ढुङ्गानाले यस्तो बताएका हुन् ।

देशलाई भूराजनीतिक रूपमा सङ्कटमा नपार्न आग्रह गर्दै भूराजनीतिक विषयमा ध्यान दिएर बोल्न प्रधानमन्त्री शाहलाई आग्रह गरे । 

देशको सिमाना खेलाँची नभएको समेत उनको भनाइ छ । आजको भोलि विकास नभए पनि यो सरकारबाट शिशु पाइला पनि नदेखिएको उनले आरोप लगाए। 

जेनजी आन्दोलनका आधिकारिक हकदार सङ्गठित भएर अघि बढ्ने समेत अभियन्ता ढुङ्गानाले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप