विपक्षी दलहरूको बैठक बस्दै
सोमबार, १८ जेठ २०८३, १० : २४
सारांश
- सभामुखले नियमावली पारित गरेपछि विपक्षी दलहरूले रणनीति बनाउन बैठक बोलाएका छन् ।
- कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्नेछ ।
- बैठकमा बजेटमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिनेछ ।
काठमाडौँ । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ । मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेर गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण