सङ्घीय बजेटमा नयाँ कमला पुल उपेक्षामा परेको भन्दै सङ्घर्ष समिति आन्दोलित
सारांश
- संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरेपछि सङ्घर्ष समिति आन्दोलित भएको छ।
- समितिले मधेस प्रदेशका सभामुखलाई ज्ञापनपत्र बुझाउँदै पुल निर्माणका लागि तत्काल बजेट सुनिश्चित गर्न माग गरेको छ।
- पूर्व सहमति अनुसार सङ्घीय बजेटमा आयोजना नपरेमा प्रदेश सरकारले आफ्नै स्रोतबाट निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ।
जनकपुरधाम। सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति आन्दोलित भएको छ।
समितिले सोमबार मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवलाई एक ज्ञापनपत्र बुझाउँदै पुल निर्माणका लागि तत्काल बजेट सुनिश्चित गर्न माग गरेको हो।
यसअघि नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति र मधेस प्रदेश सरकारबिच आर्थिक वर्ष २०८३/८४ को सङ्घीय बजेटमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने सहमति भएको थियो। उक्त लिखित सहमतिमा यदि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएमा मधेस प्रदेश सरकारले आफ्नै आन्तरिक स्रोतबाट कुल लागत व्यहोर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि बोलपत्र आह्वान गर्ने स्पष्ट उल्लेख थियो। तर सङ्घीय सरकारको बजेटमा कमला पुल निर्माणका लागि कुनै पनि रकम विनियोजन नभएपछि सङ्घर्ष समितिले प्रदेश सरकारलाई पूर्वसहमतिको सम्झना गराउँदै ध्यानाकर्षण गराएको हो।
सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवका अनुसार पूर्व सहमति अनुसार सङ्घीय बजेटमा यो आयोजना नपरेकाले अब मधेस प्रदेश सरकारले आफ्नै आन्तरिक स्रोतबाट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने माग गरिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा सङ्घर्ष समितिले प्रदेश सरकारलाई आफ्नो प्रतिबद्धता अक्षरशः पूरा गर्न आग्रह गर्दै माग अविलम्ब सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।
धनुषा र सिराहा जिल्लाका हजारौँ नागरिकको प्रत्यक्ष सरोकार र आर्थिक जीवनसँग जोडिएको यस पुलको निर्माण कार्य वर्षौँदेखि अन्योलमा रहँदै आएको छ। स्थानीयवासीले अब आश्वासन मात्र नभई ठोस रूपमा निर्माण कार्यको थालनी हुनुपर्ने माग राख्दै आएका छन्। सङ्घर्ष समितिले सरकारलाई अविलम्ब ठोस निर्णय गरी पुल निर्माणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण