शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुकुम पश्चिममा बेसारको बोरामा अफिम तस्करः १० केजीसहित ४ जना पक्राउ

मङ्गलबार, १९ जेठ २०८३, ०९ : १७
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • रुकुम पश्चिममा प्रहरीले १० केजी १६० ग्राम अफिमसहित ४ जनालाई पक्राउ गरेको छ ।
  • जाजरकोट र बाँकेका ४ जनालाई आठबिसकोट नगरपालिका–१४ छेपारेबाट नियन्त्रणमा लिइएको हो ।
  • प्रहरीले उनीहरूले प्रयोग गरेको फोर्स गाडीको डिक्कीमा बेसारको बोराभित्र लुकाइराखेको अफिम बरामद गरेको छ ।

सुर्खेत । रुकुम पश्चिममा १० केजी अफिमसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका—३, कैनका अन्दाजी २८ वर्षीय खड्क पुन, सोही ठाउँका ३० वर्षीय बृहस्पति पुन थापा, बाँकेको कोहलपुर नगरपालिका—२, शान्तिनगरका ३६ वर्षीय रामबहादुर सार्की र १८ वर्षीय सुरज विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, उनीहरूलाई आठबिसकोट नगरपालिका—१४ छेपारेबाट नियन्त्रणमा लिइएको हो ।

‘उनीहरूको साथबाट १० केजी १६० ग्राम अफिम पनि हामीले बरामद गरेका छौं,’ उनले भने, ‘उनीहरू जाजरकोटको कालिमाटीबाट लु २ ख ५११५ नम्बरको फोर्स गाडीमा नेपालगन्जतर्फ जाँदै थिए ।’

प्रहरीले चेकजाँचको क्रममा गाडीको पछाडि डिक्कीमा बेसारको बोरा फेला पारेको थियो । तर खोलेर हेर्दा अफिम फेला परेको प्रहरी निरीक्षक पुनले बताए ।

सोमबार अदादलबाट म्याद थप भएर अनुसन्धान भइरहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप