वीरगन्जका मेयर सिंहलाई प्रहरीले गरायो अदालतमा हाजिर, केहीबेरमा थुनछेक बहस
सारांश
- पर्सा प्रहरीले लिखतसम्बन्धी कसुरमा वीरगन्जका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ ।
- मेयर सिंहको बयान लिएपछि थुनछेक बहस सुरु हुनेछ र अदालतको आदेश अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
- मेयर सिंहमाथि अरूको छोरीलाई आफ्नो छोरी बनाई नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप छ ।
वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको छ ।
केहीबेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले जनाए ।
उनका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ, अब कानुनी प्रक्रिया सुरु हुनेछ । 'बयान लिएपछि थुनछेक बहस सुरु हुनेछ', उनले भने । त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।
मंगलबार बिहान पर्सा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंहविरूद्ध गएको १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जनाए । अरूको छोरीलाई आफ्नो छोरी बनाइ नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण